थाई राजाले लगाए ७ किलो सुनको मुकुट
इन्द्र रिजाल
बैशाख २१, २०७६ आइतबार ४:२१:५३
बैंकक । थाइल्यान्डका राजा महा भाजिरालंकर्ण ३ वर्षअघि राजगद्दीमा बसे । २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुपर्यो । उनका पिता भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनी राजा भएका हुन् ।
थाइल्यान्डको हालसम्मकै लोकिप्रिय राजा भूमिबोलले ७० वर्ष शासन गरे। उनको मृत्यु हुँदा उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख थिए।
भूमिबोलको लोकप्रियताका कारण शाही परिवारका अन्य सदस्य तथा सर्वसाधारणलाई शोकबाट राजगद्दीमा बसेको करिब ३ वर्षपछि महा भाजिरालंकर्णलाई शनिबार राज्याभिषेक गराइएको छ।
पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा अनुसार जल सेचन गरेर राज्याभिषेक गराइएको हो।
तीन दिने राज्याभिषेक समारोहको पहिलो दिन बैंककस्थित ग्राण्ड प्यालेसमा आयोजित शाही शुद्धिकरण समारोहमा उनले ७।३ किलो सुनको मुकुट लगाएका हुन्। मुकुटलाई ‘ग्रेट क्राउन अफ भिक्ट्रि’ भनिन्छ। उनी चाक्रीवंशीय १० औँ राजा हुन्।
भाजिरालंकर्णले अप्रत्यासित रुपमा केहि दिनअघि आफ्नो सुरक्षा दस्ताकी उपप्रमुख सुथितासँग विवाह गरेको घोषणासहित महारानी उपाधी दिएका थिए। भाजिरालंकर्ण थाईल्याण्डका लोकप्रिय राजा अदुल्यादेज र रानी सिरिकिटको दोश्रो सन्तानका रुपमा १९५२ को जुलाई २८ मा जन्मेका हुन्।
भाजिरालंकर्णले बैंकक, बेलायत तथा अष्ट्रेलियाका विद्यालयमा अध्ययन गरेका छन्। अस्ट्रेलियाको क्यानबेरास्थित रोयल मिलिटरी कलेजमा चार वर्ष बिताउने क्रममा उनले आफूलाई परिवारले पुल्पुल्याएका कारण अध्ययनमा कठिनाई भएको बताउने गर्थे।
उनले थाइल्यान्ड, बेलायत, अमेरिका र अस्ट्रेलियामा सैन्य तालिम लिएपछि केही समय थाई सेनामा कार्य गरे। लडाकु तथा साधारण जहाज चलाउने सक्ने भाजिरालंकर्णले विदेश भ्रमण जाँदा आफैले बोइङ ७३७ उडाउँछन्।
थाइल्यान्डमा सन् २०१४ को सैनिक ‘कु’ पछि गत मार्च २४ मा आम निर्वाचन सम्पन्न भइसकेको छ। यद्यपी, नयाँ सरकार भने गठन भइसकेको छैन्। राजनीतिक अनिश्चितताबीच उनले राज्याभिषेक गरेका भाजिरालंकर्ण कस्ता राजा बन्लान् भन्ने अनुमान गर्न भने कठिन देखिन्छ।
थाईल्याण्ड संवैधानिक राजतन्त्रात्मक मुलुक भएपनि राजा निकै शक्तिशाली हुन्छन्। थाइल्यान्डमा शाही परिवारको आलोचना गर्न नपाउने कानुनका कारण राजतन्त्र अस्वीकार गर्नु असम्भव छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार