१३ माघ २०७८, बिहीबार

दाङमा आगलागी हुँदा ३१ लाखको क्षति

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १३:३०


दाङ । घोराही उपमहानगरपालिका १ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ ।आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका १ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तल्लो मालेका चुमान सिंह विष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी गमबहादुर गमालको दुई वटा घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

अर्का स्थानीय टुकमान गमालको टिनले छाएको एउटा घर जल्दा सात लाख र श्यामलाल विष्टको दुई वटा घर तथा एउटा गोठ जल्दा सात लाख बराबरको क्षति भएको दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक केशवसिंह धामीको नेतृत्वमा पुगेको प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा