७ आश्विन २०७८, बिहीबार

चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १०:४३


काठमाडौं । बुलन्द आवाजले चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज ‘एमएनडी’ बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो ।

श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो । यो त्यस्तो नसासम्बन्धी रोग हो जुन विरलै मानिसमा लाग्ने गर्छ । उनको हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याहरु भएका थिए ।

उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए । चार वर्ष अगाडिदेखि उनी बिरामी थिए । बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन् ।

उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा