११ आश्विन २०७८, सोमबार

यस कारण सन्दीपले प्रधानमन्त्री कप क्रिकेट नखेल्ने

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार २१:०९


आजदेखि सन्दीपले सिपिएल खेल्ने

काठमाडौं । इन्डिएन प्रिमियर लिग ‘आईपीएल’ सकेर नेपाली क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले यसवर्षको खेल निकै उपलब्धीमूलक भएको बताएका छन् ।

संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै कुरा सिकेको बताएका हुन् ।

‘यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ’, उनले भने । साथै जेठ पहिलो साता हुने प्रधानमन्त्री कप क्रिकेटमा भने आफू सहभागी नहुने पनि उनले बताए ।

धेरै व्यस्त भइरहेकाले यसपटक आराम गर्न प्रधानमन्त्री कपमा सहभागी नहुने उनको भनाई छ । आइपिएलमा सन्दीपको टिम दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।

यस सिजनमा भएको आइपिएलमा उनले ६ खेल मात्रै खेल्ने मौका पाए । तुलनात्मक रुपमा महंगो सावित भएका उनले ८ विकेट लिएका थिए । त्यसका बाबजुत आफुले आईपिएलको सिजन पुरै रमाएको बताउँदै सन्दीपले अवसरका लागि दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन् ।

आईपिएल आफ्ना लागि ठुलो अवसर भएको अनुभव साट्दै उनले भनेका छन्, टिमका साथीहरु, कोच, समर्थक लगायत सवैलाई धन्यवाद ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








अरुण भ्यालीको मूल्य समायोजन
नेपालबहस संवाददाता