८ माघ २०७८, शनिबार
खोज / विशेष

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १३:३१


Sujata Koirala.

विराटनगर ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हननका घटना हुनु राम्रो होइन भन्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भन्नुभयो ।

केन्द्रीय सदस्य कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गर्नुभयो


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा