fbpx

मेलीनाको रुपैको जादुले मेक्सम खाती भेकाबु



नेपालबहस संवाददाता
 




काठमाडौं । संगीतकार नरेश खातीको ‘तिम्रो रुपैको जादु‘’ बोलको गीत सार्वजनिक भएको छ । ‘तिम्रो रुपैको जादु‘’मा गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको छ ।

गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेको गितमा यस पटक संगीतकार खातीले फरक शैलीको गीत बनाएका हुन् ।‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यस पटक अलिक फरक शैलीमा गीत बनाएको बताएका छन् ।

गीतको एरेञ्ज कमल सौराग, मिक्सिङ किशोर थापाले गरेका हुन् । गोरक्षा म्युजिक प्रालिले बनाएको ‘तिम्रो रुपैको जादु‘’ गायक मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गायक मेक्सम खातीले पनि यस पटकको गीत अलिक फरक र नौलो बनेको बताए । म्युजिक भिडियोमा मेक्सम खाती र स्नेहा पौडेलको अभियन गरेको छ । म्यजिक भिडियोलाई शिशिर खातीले गरेका हुन् । छायाँकन शंकल भुजेल, सम्पादन बनिश शाहले गरेका छन् ।


सम्बन्धित समाचार