नेपालगन्ज-काठमाडौंका लागि दैनिक १० उडान
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार १८:४७:५५
नेपालगन्ज । धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द हुँदा बाँकेको राझा विमानस्थलमा चाप ह्वात्तै बढेको हो ।
नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।
जहाजको चाप बढ्दा विमानस्थलका कर्मचारीको पनि ब्यस्तता बढेको छ। अचेल नेपालगन्ज विमानस्थलमा बिहानदेखी बेलुकासम्म काठमाडौंका लागि जहाज उपलब्ध हुन्छन्।
नेपालगन्जबाट काठमाडौंका लागि यसअघि दैनिक ३ वटा उडान गर्ने बुद्ध एअरले अचेल दैनिक ४ वटा गरिरहेको छ। बुद्ध एअरका नेपालगन्ज प्रमुख विनित शाहका अनुसार बुद्धले बिहान ९ :४५, दिउँसो २स्२४, अपरान्ह ४:५० र बेलुका ६:२५ बजे उडान गरिरहेको छ।
नेपालगन्जबाट बुद्धसहित श्रीएअरले ३, यति एअरले २ र नेपाल एअरलाइन्सले एउटा उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। श्रीएअरका नेपालगन्ज प्रमुख पर्शुराम चौधरीले धनगढी विमानस्थल बन्द भएपछि विगत दुई हप्तादेखी उडान तालिका फेरबदल गरिएको बताए। नेपालगन्जबाट यसअघि दैनिक २ वटा उडान गर्ने गरिएकोमा अहिले ३ वटा उडान हुने गरेको उनले सुनाए।
चौधरीका अनुसार श्रीएअरले नेपालगन्जबाट बिहान ९:२० बजे, दिउँसो १:४५ र अपरान्ह ५:१५ बजे दैनिक रुपमा उडान गरिरहेको छ। ‘हामीले धनगढीबाट दैनिक २ वटा उडान गथ्र्यौ, नेपालगन्जबाट पनि दुई वटा हुन्थ्यो,’ उनले भने ‘यात्रुको चापलाई हेरेर अहिले नेपालगन्जबाट दैनिक ३ वटा उडान गरिरहेका छौं।’ धनगढी विमानस्थल बन्द हुँदा कम्पनीले आर्थिक नोक्सानी बेहोरेपनि त्यहाँको उडानलाई नेपालगन्जबाट गरिदाँ थोरै राहत मिलेको चौधरीले बताए।
यति एअरले भने नेपालगन्जबाट दैनिक २ वटा उडान नियमित रुपमा गरिरहेको छ। यतिले दैनिक रुपमा बिहान १०:५० बजे र बेलुका ५:२० बजे उडान गर्ने गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार
कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
बैशाख २१, २०८१ शुक्रबार
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार