Advertisement

काठमाडौं । गायक र संगीतकार प्रदिप लामाले ’नशा यो कस्तो नशा’ गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायकर संगीतकार प्रदिप लामाले आफ्नै संगीतमा ‘नशा यो कस्तो नशा ‘ बोलको पप गीतको भिडियो बजारमा ल्याएका हुन् ।

गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् ।

गायन र संगीतलाई अगाडी बढाउँदै अहिले भने ‘ सुनिल गिरी’को शब्द रहेको गीतलाई गायक प्रदिप लामा आफैले संगीत गरी उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा संगीत संयोजन भने पुस्कर सुनुवार को रहेको छ  ।

Advertisement

गीतमा निर्देशन गायक स्वयम् प्रदिप लामा, छायांकन संजित श्रेष्ठ,भिडियो सम्पादन, मोहन सुनुवार नबिन’को रहेको छ । भिडियोमा श्रेया कार्की र दिनेश कंडेल’को मनमोहक अभिनय हेर्न पाईञ्छ । गीतको भिडियोलाई गायक प्रदिप लामाको आफ्नै युट्युब च्यानल’मा हेर्न सकिन्छ ।

Nasha _New Nepali Pop Song By Pradip Kumar Glan Ft .Shreya Karki,Dinesh Kandel

Advertisement