३१ भाद्र २०७८, बिहीबार

छ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार १९:३३


काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ । घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा