७ आश्विन २०७८, बिहीबार

हुरीसँगै असिनापानीले २ सय घरको छाना उडायो [फोटोफिचर]

सितावास र मुण्डे क्षेत्र बढी प्रभावित

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार १५:२७


नवलपरासी । नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ ।

मेवचुलीका मेयर पूर्णकुमार श्रेष्ठका अनुसार त्यहाँ मानवीय क्षति भने भएको छैन । उनी भन्छन्, हुरीसँगै असिनापानी परेको थियो ।

मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।त्यहाँ बुधबार बिहान ९ बजेसम्मपनि असिना भुइमा देखिएको थियो ।

यहाँ हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्‍याएको योपहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ ।

सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा