सरिता हत्या प्रकरण : पाच जना कारागार चलान
इन्द्र रिजाल
जेठ ९, २०७६ शुक्रबार ५:२७:१२
काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीतालाई हत्यामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत मङ्गलबार सरिताको हत्यामा संलग्न भएको आरोपमा पाँचै जनाविरुद्ध कर्तव्य ज्यान महलअन्तर्गतको अभियोजन अदालतमा दर्ता गरेको थियो ।
अदालतले प्रहरीको अनुसन्धान, आरोपितको बयान तथा सबुद–प्रमाणका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको जनाउँदै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत वैशाख १३ गते सरिता घाँटीमा निलडाम भएको अवस्थामा घरमा मृत फेला परेकी थिइन् । मृतकका दाजु मण्डन देउपुर–४ चैनपुरका कृष्णप्रसाद दाहालले परिवारका पाँज जनाविरुद्ध जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले सोही आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनका श्रीमान् सुदीपले प्रहरीसँगको बयानमा सरिताको हत्या गरेको स्वीकार गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार