महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार २१:४:४८
१२ वैशाख, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । दिउँसो १२ बजे परालको कुन्युबाट लागेको आगोले गाउँका ११० घर खरानी बनाएको छ ।
आगोले विपन्न समुदायको सिंगो गाउँनै उजडिएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजे नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । मुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्युमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ता टोलका १ सय १० घर पूर्ण रुपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको बारुणयन्त्रसंगै नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले बताए ।
आगो लागेको बस्तीमा पशु चौपायासंगै स्थानीयको धनमाल पूर्णरुपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भने भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन
बैशाख २३, २०८१ आइतबार
कीर्तिपुरमा यात्रु बस दुर्घटना, एक जनाको मृत्यु
बैशाख २३, २०८१ आइतबार
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार