७ आश्विन २०७८, बिहीबार
समाज

प्रहरीद्धारा वडाध्यक्ष कुटिएपछि पुनर्वासमा स्थानीयद्धारा बिरोध प्रदर्शन

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार ११:२५


कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन् ।घटनाको बिरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरि रहेका छन् ।

प्रहरी चौकी डोके बजारमा बिहीबार राति ११ बजे स्थानियको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि रातिदेखि स्थानीयले बिरोध प्रदर्शन गरिरहेका छन् ।

बिरोधमा उत्रिएका स्थानियले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरी निरिक्षक कर्णबहादुर बमको आदेशमा आफूमाथि हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले बताए ।

डोकेबजार प्रहरी चौकीमा आएको वादविवाद मिलाउन गएका अध्यक्ष प्रहरीबाट कुटिएका हुन् । आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटीएपछि आक्रोशित स्थानियले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन् ।

विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । घटनाको ११ घन्टा बित्दा समेत विवाद समाधानका लागि प्रशासन तथा उच्च प्रहरी अधिकारी घटना स्थलमा पुगेका छैनन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा