७ आश्विन २०७८, बिहीबार
बैंकिङ बजार

कुमारी बैंकले बोलायो विशेष साधारण सभा [कारण यस्तो छ]

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार ११:२९


काठमाडौं । कुमारी बैंकले यहि जेठको अन्तिममा विशेष साधारण सभा बोलाएको छ । बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने जेठ ३१ गते सभा बोलाएको हो । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

विशेष साधारण सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । सभा गर्न जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

कुमारीले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१.२५५ बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३.७४ को नाफाबाट १२.७५५ र आव २०७४.७५ को नाफाबाट ८.५०५ का दरले बोनस दिएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा