८ आश्विन २०७८, शुक्रबार
राजनीति

मिडिया काउन्सिल बिधेयक अघि बढाउनै दिन्न : महामन्त्री कोईराला

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार २०:१९


काठमाडौं । नेपाली काग्रेसका महामन्त्री शशांक कोईरालाले प्रेसविरोधी बिधेयकलाई अघि बढाउन नदिने स्पष्ट पारेका छन् । प्रेस युनियनको २८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्र्दै उनले संविधानमा उल्लेख प्रेस स्वतन्त्रतालाई हनन हुन नदिने बताएका हुन् । उनले सरकार प्रेसलाई अंकुश लगाउन उद्दत रहेको जिकिर गरे ।

उनले अव संविधानको रक्षाका लागी सबै एकजुट हुनुपर्ने धारणा पनि राखे । मुलुकको हरेक परिवर्तनमा प्रेस जगतको भूमिका सधै अपरिहार्य हुदै आएको भन्दै उनले अव मुलुकको बिकासमा पनि प्रेस जगतको भूमिका महत्वपूर्ण हुने बताए ।

बार्षिकोत्सव कार्यक्रममा कांगेसका यसवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्मा पनि सहभागी भएका थिए । कार्यक्रममा सहभागी पत्रकार अगुवाहरुले सरकारले अघि बढाएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा