गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १७:१:२
डोटी । जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए ।
उनले भने, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ ।
यतिमात्र नभई यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् ।
यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताए। उनले भने, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ ।
सधैँ सफा र चिसोपानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिँड्ने तथा हिँड्नै परे चश्माको प्रयोग गरे यो रोग एकअर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले बताए ।
त्यसैगरी गर्मी बढेसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । जिल्लामा दिउँसोको समयमा तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको मौसम पूर्वानुमान शाखा दिपायलले जनाएको छ ।
गर्मीयामसँगै बजारमा खुला तथा छाडारूपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका अहेव लोकेन्द्र बोहराले बताए।
उनले भने, “फोहर व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।” विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कूलको पढाइसमेत प्रभावित बन्न थालेको दिपायलस्थित दिल्पेश्वर माविका शिक्षक गोविन्दराज जोशीले बताए । उनले भने, “विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।”
धरानमा डेङ्गुको महामारी
उता धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् ।
डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ ।
डेङ्गु ‘भाइरस’ फैलाउने मच्छर खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो । तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए ।
धरान–१५ बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान १३, ९, ८ वडामा बढी बिरामी देखिएका छन् । विपी प्रतिष्ठानको आवास क्षेत्रमा पनि दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको ¥यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार