fbpx

एलआईसी नेपालको नयाँ डेपुटी सीईओ बने बर्णवाला



नेपालबहस संवाददाता
 



lic-nepal

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले मिति २०७६ जेष्ठ २० गतेबाट लागू हुने गरी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) को रुपमा श्री टी. बर्णवाल (Shri T. Burnawal) लाई नियुक्त गरेको छ । अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गर्नु भएका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत हुनुहुन्थ्यो । उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालेका छन् ।


सम्बन्धित समाचार