विश्वकप क्रिकेट : न्युजिल्याण्डको लगातार दोस्रो जित
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १३:५०:१
एजेन्सी । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्डले दोस्रो जित निकालेको हो ।लण्डनमा बंगलादेशले दिएको २४५ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा रोस टेलरले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियमसनले ४० तथा मार्टीन गुप्टिलले २५ र कोलिन मुन्रोले २४ रन बनाए ।
बंगलादेशका हसन मिराज, शाकिब अल हसन,मोहमद साईफुदीन र मोसाडेक होसेनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर २ बलमा अलआउट हुँदै २४४ रन बनाएको थियो ।
बंगलादेशको लागि शाकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद साईफुदीनले २९, मोहमद मिथुनले २६, सोम्य सरकारले २५ तथा तमिम इकबालले २४ रन बनाए ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ४ तथा ट्रेन्ड बोल्टले २ विकेट लिए । जितसंगै न्युजिल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । र, न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई पराजित गरेको थियो ।
बंगलादेशको यो पहिलो हार हो । बंगलादेशले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेशले दक्षिण अफ्रीकालाई हराएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार