fbpx

यातायात मन्त्री रघुवीर महासेठ सवार सरकारी झन्डावाल गाडी खोलामा फसेपछि



नेपालबहस संवाददाता
 




स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार सरकारी झन्डावाल गाडी स्याङ्जा स्थित एक खोलामा डुबेको छ ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, दरौ खोलामा डुबेको हो।

गाडीभित्रै रहेका मन्त्री महासेठलाई प्रहरीले तत्कालै उद्दार गरेका थिए।आधा भाग भन्दा बढी भाग डुबेको गाडीलाई भने क्रेनको सहायताले बाहिर निकालिएको प्रहरीले जानकारी दिए।

मन्त्री भने अर्को गाडीमा काठमाडौं फर्केका छन्। उनको गाडी फसेको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ। यता, सर्वसाधारले सामाजिक सञ्‍जालमा चर्को आलोचना गरिरहेका छन्।

कोही मन्त्रीले बल्ल गाउँघरको चाल थाहा पाए भनेर व्‍यंग्य गरेका छन् भने कोहीले मन्त्रीको गाडी फसेपछि अब त्यो ७ ठाउँमा पुल बन्‍नेछ भनेर टिप्पणी गरेका छन्।


सम्बन्धित समाचार