Vehicles are seen stuck in a traffic jam at Ratnapark, Kathmandu, on Friday, August 12, 2016. Photo: BalKrishna Thapa Chhetri
Advertisement

काठमाडौं । ओली सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो ।

विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देशक प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

Advertisement

यो पनि पढ्नुस् :

छोटा तथा लामा दूरीका सार्वजनिक यातायातको भाडा बढ्यो [हेर्नुस कहाँ जान कति भाडा सूचीसहित]

Advertisement