Advertisement

काठमाडौं । पाटनमा शुक्रबार साझ गुठी विधेयकको बिरुद्ध मसाल जुलुस निकालिएको छ । आज बेलुका ६ बजे निकालिएको मसाल जुलुसमा गुठी विधेयक बिरुद्ध स्थानीय जनता स्वतःफूर्त आन्दोलनमा उत्रेपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरु भेला भएका थिए ।

जुलुसमा उनीहरुले गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईदैन, सम्पदा विरोधी होसियार लगायतका नाराबाजी गर्दै पाटनको मंगलबाजार हुँदै नगर परिक्रममा गरेका थिए । उपत्यकामा यतिखेर दैनिक जसो विभिन्न क्षेत्रमा विधेयकको विरुद्धमा नारावाजी, जुलुस, विरोधसभा हुन थालेको छ ।

Advertisement

यता, जेठ २६ गते आइतबार सरकारले ल्याएको गुठी विद्येयकको बिरुद्धमा माइतीघर मण्डलामा बिरोध प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा आक्रोसित प्रर्दशनकारीले नारा बाजी सहित प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्न थाले पछि झडपको स्थिति सिर्जना भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस तथा पानीको फोहराको साहरा लिएको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् ।  अहिले गुठी विद्येयक सम्बन्धि विभिन्न तह र तप्कामा तथा सडकदेखि सदनसम्म चर्चा परिचर्चा भएको छ ।

यसरी माईतीघर मण्डलबाट सुरु भएको आन्दोलन उपत्यकाव्यापी बनेको छ । बिहीबार पनि हिजो पाटनमा हजारौको संख्यमा मानिसहरु सहभागी भई गुठी विधेयकको विरोध गरेका थिए ।

Advertisement