Advertisement

काठमाडौं । चर्चित भारतीय नायिका सन्नी लियोनीको ठुम्का रहेको नेपाली फिल्म पासवर्डको गीत आजको साम सार्वजनिक भएको छ ।

आइटम गर्लको रुपमा चर्चा कमाएकी सन्नीसंगै यस गीतको भिडियोमा अभिनेता बिक्की जोशी फिचर्ड छन् ।सार्वजनिक गीतको भिडियोमा बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ ।

सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका विष्णुदेभाको कोरियोग्राफी रहेको यो भिडियो ५ करोड बढि लगानीमा तयार भएको हो ।

Advertisement
Aajako Sam – Password Movie Song || Sunny Leone, Anoop Bikram Shahi, Buddi, Bikram || Arjun Pokharel

भिडियोमा सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् । सार्वजनिक गीतमा बिक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वर रहेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो ।

Advertisement