जनता बैंककाे एकैसाथ ६ शाखाहरुबाट कारोवार सुरु
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार २३:२९:१७
काठमाडौँ । हिजो–आज जनताको वास्तविक बैंक जनता बैंक भनेर आम नागरिकले भनेको पाइन्छ । जनता बैंकले देशको ग्रामिण तहसम्म बैंकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको छ ।
जनता बैंक नेपाल लिमिटेडले आज एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकैसाथ ६ शाखाको उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार शुभारम्भ गरेको छ भने काठमाडौं उपत्यका बाहिर बाग्लुङ्गबजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा विस्तार गरेको छ ।
तौलिहवा शाखाको उद्घाटन संघीय सांसद बृजेशकुमार गुप्ताले गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा बताएका थिए । यसैगरी काठमाडौं उपत्यकामा काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गर भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राज भण्डारीले गरेका थिए ।
नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यो संगै जनता बैंकको शाखा संजाल कुल १४१ पुगेको छ भने काठमाडाैं उपत्यकामा २३ शाखा रहेका छन् । जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौठूलो बाणिज्य बैंक बन्न सफल भएको छ ।
बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०५ एटीएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार