fbpx

बुढेसकालमा इच्छाराजको बिचल्ली ! सम्बन्धबिच्छेद पछि सिभिल बैंकको साढे १७ लाख कित्ता शेयर बिक्री



नेपालबहस संवाददाता
 



ichha-shreejana-tamang

काठमाडौं । बुढेसकाल चल्दै गर्दा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको भने बिचल्ली भएको छ । श्रीमती छोराछोरीसहित अर्बौंका मालिक रहेका इच्छाराजले आफ्नी धर्मपत्नी सिर्जना शाक्यसँग सम्बन्धबिच्छेद(डिभोर्स) गरेका छन् । तर उनको सम्बन्धबिच्छेद अन्य महिलाहरुसँग विशेष सम्बन्ध भएर वा सम्पतिका विषयमा घरझगडा भएर भने भएको होइन ।

सिभिल ग्रुप खडा गरि घरजग्गा व्यवसायबाट छोटो समयमा अरबौं कमाउन सफल इच्छाराज सिभिल बैंकका अध्यक्ष पनि हुन् । तर पछिल्लो समय सिभिल बचत तथा ऋण सहकारीमा अनियमितता गरि ८ अर्ब रुपैयाँ भन्दा बढी अपचलन गरेको सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिएका थिए । घरजग्गामा गरेको अरबौं लगानी फसेको कारण सहकारीको हिसाबमिलान गर्न समस्या उत्पन्न भएपछि उनी आर्थिक समस्यामा फस्दै गएका थिए ।

त्यही विवाद मिलाउन उनले श्रीमतीसँग सम्बन्धबिच्छेदको नाटक गरेका हुन् । सिभिल बैंककी पूर्व सञ्चालक एवं संस्थापक शेयरहोल्डर समेत रहेकी उनकी श्रीमती शाक्यको संस्थापक शेयर बिक्री गर्न इच्छाराजले यस्तो विवादास्पद नाटक रचेको बताइन्छ । निकै धुर्त स्वभावका इच्छाराजले नक्कली सम्बन्धबिच्छेद गरेर सबैलाई चकित पारेका छन् ।

बाफिया अनुसार एकाघरका व्यक्तिले सञ्चालक पदमा बहाल रहेकै अवस्थामा संस्थापक शेयर बेच्न मिल्दैन । त्यसैले उनीहरुले सम्बन्ध विच्छेदको नाटक गरेर सिभिल बैंकमा भएको संस्थापक शेयर बिक्री गरेका हुन् । नेपाल स्टक एक्सेचेन्ज (नेप्से)का अनुसार बुधबार सिभिल बैंकको १७ करोड ५३ लाख ५९ हजार ४०० रुपैयाँको संस्थापक शेयर बिक्री भएको छ ।

civil-logoश्रीमती शाक्यले आफ्नो नाममा बैंकमा रहेको १७ लाख ५३ हजार ५९४ कित्ता शेयर अंकित मूल्यमा बिक्री गरेकी छिन् । यसबाट उनलाई करोडौं रुपैयाँ घाटा भने लागेको छ । प्रतिशेयर एकसय रुपैयाँमा मात्र शेयर किनबेच भएको छ ।

उनको उक्त शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । जसको सहमति पहिला नै भइसकेको थियो । कारोबार भने बुधबार भएको हो । शाक्यको उक्त शेयर १० नम्बर ब्रोकरबाट बिक्री भएको थियो भने ब्रोकर नम्बर ४४ मार्फत किनिएको छ ।बैंकले यसअघि नै उनको नाममा रहेको उक्त कित्ता शेयर लिलामी गर्ने भन्दै आह्वान समेत गरेको थियो । उक्त शेयरको यसअघि नै बोलकबोलबाट बिक्री भइसकेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ मा संबैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएको थियो । त्यसबेला तामाङ तत्कालीन नेकपा एमालेबाट सांसद थिए भने सिभिल बैंकमा अध्यक्ष थिए । बाफियाको उक्त व्यवस्था कार्यान्वयनमा आएपछि तामाङले सिभिल बैंकको अध्यक्ष पद छाडेर पत्नी सिर्जनालाई सञ्चालक बनाएका थिए ।

जब तामाङको सांसद पद सकियो । तब फेरि उनी बैंकको अध्यक्ष भए भने सिर्जनाले सञ्चालक पद छाडिन् ।  उनी अहिले सिभिल क्यापिटल मार्केट कि सञ्चालक छन् ।


सम्बन्धित समाचार