कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी !
नेपालबहस संवाददाता
साउन १८, २०७६ शनिबार २२:३७:५४
भोजपुर । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।
यसैका उदाहरण बनेका भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् । शुरुमा बोइलर जातको कुखुरापालनमा लागेका उनी अहिले लेयर्स जातका कुखुरापालन गरिरहेका छन्।
सुवेदी पोल्टीे फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन गर्दै आएका छन् ।
जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका युवा व्यवसायी सुवेदी भन्छन्, ‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’
सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । ‘‘पहिला आफँै रोजगारीको लागि विदेश गए, हामीमा व्यावसायिक धारणा नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिएको छु’’ उनले भने ।
उनले उत्पादन गरेका अण्डा अहिले जिल्लासँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिलेसम्म करीब रु ५० लाख लगानी भइसकेको उनको भनाइ छ । शुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको सुवेदीको भनाइ छ ।
गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने, “पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’
स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ ।युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार