पत्रकार कमला हमाल विवेकको मायामा परेपछि
Advertisement

काठमाडौं । गायक बिवेक सिंह सिलवालको नयाँ गीत‘माया किन’ सार्वजनिक भएको छ । गत मंगलबार song nepal च्यानलबाट म्यूजिक भिडियो सार्वननिक भएको हो । यो गीत आठौं गीत हो यसमा पनि सिलवालले नै शब्द संगीत लय भरेका छन्।

सिलवालले नेपाली सांगीतीक बजारमा सोलो रक (पप गीत) का गायक हुन् । यो गीत आज भन्दा करिव १६ बर्ष अघि नै नेपाली बजारमा चर्चित भइसेको गीत हो ।  र सो गीत गायक सिलवालको पहिलो गीत पनि भएको गायक सिलवालले बताए ।

Advertisement

गीतको म्यूजिक भिडियोमा पत्रकार कमला हमाल र मोडल तुसार श्रेष्ठको अभिनय रहेको छ। बाँकेबाट पत्रकारिता गरेकी हमाल पछिल्लो समय काठमाडौंमा नै बसेर पत्रकारिता गर्दै आइरहेकी छिन् । यस गीतलाई पुनः नयाँ शैली र लयमा ब्रज क्रियशन रिकर्डद्धारा प्रस्तुत गरीएको हो ।

यो गीतको भिडयो मेकिङ विधेक क्षेष्ठले गरेका छन् । यस गीतको छायाकंन तथा सम्पादन गायक स्वयम सिलवालले नै गरेका हुन् भने यसको निर्माता अन्जु लामा ‘एजे’ गरेकी छिन् ।गायक सिलवालले यसअघि अघोरी हुँ म, स्वर्ग जाने बाटो, झुटो तिम्रो बोली बोलका गीत बजारमा ल्याइसकेका छन्।

विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मनपराएकाले यो नयाँ गीतलाई पनि स्रोताले उत्तिकै माया गर्ने अपेक्षा लिएको गायक सिलवालले बताएका छन् ।

Maya Kina (Breaking My Heart) – Bivek Silwal | New Nepali Pop Song 2019

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्