विद्यालय सञ्चालनका लागि महायज्ञ !
नेपालबहस संवाददाता
साउन २९, २०७६ बुधबार १७:५८:९
२९ साउन, बनेपा । श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ ।
यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ लाख जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक अनिरुद्ध थापाले बताए ।
“विद्यालय सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगद रकमका साथै सहयोगी दाताहरूले बालुवा, सिमेन्ट, रोडा र ढुङ्गा आवश्यकताअनुसार उपलब्ध गराउने भन्ने प्रतिबद्धता व्यक्त गरेका छन । ”, उनले भने, “विद्यालय परिसरमा विद्यार्थीलाई खेल्नको लागि भलिबल र ब्याडमिन्टन खेलमैदानलगायत बालबगैँचा बनाउने सोच बनाएको छु ।”
पशुपति अन्नपूर्ण आश्रमका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा जगदीश वैद्यले विद्यालय सञ्चालन गर्नका लागि उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएको रु २७ लाख भने प्राप्त गर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका थापाले बताए ।
महायज्ञ सञ्चालन गर्न सबै गरी करीब रु आठ लाख ५० हजार खर्च भएको उनले बताए । स्वर्णिम श्रीमदभागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा नारीविदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माले कथाबाचन गरेका थिए ।
विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा पुगेको थियो । चार शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्णरूपमा बन्द नै भएकोमा २०७६ वैशाखबाट पुनः सञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको सो विद्यालयलाई आर्थिक सहयोगका लागि महायज्ञ सञ्चालन गरेको विद्यालयले जनाएको छ ।
एक दरबन्दी र तीन निजी स्रोतमा गरी चार शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको सो विद्यालयमा अहिले ४३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार