डेँगु महामारीका लक्षण यस्ता हुन्छन् [थाहा पाउनुस]
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १७:४३:५१
१८ भदौं, काठमाडौं । विगत वर्षहरूमा असोजबाट सुरु भए पनि यसपटक जेठदेखि नै डेँगु संक्रमित देखापरेको अस्पतालले जनाएको छ ।
काठमाडौं, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेंगु ज्वरो फैलिएको हुँदा बिशेष सतर्क हुन आवश्यक छ। डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
परिचय :
– डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
मुख्य लक्षणहरु :
– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु
– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
– ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
– १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
बिशेष सतर्कता :
– ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
– आइबुप्रोफेन, एस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
– बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
– जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने ।
उपचार :
– डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन। एन्टिबायोटिकले डेंगु निको हुँदैन । चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन। तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन।
रोकथाम :
– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन (Eg. Odomus) शरीरमा लगाउने ।
– लामो बाहुला भएको कपडा लगाउने ।
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने ।
– प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस, प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं । नेपालका ४० भन्दा बढी जिल्लामा डेङ्गु महामारीका रूपमा फैलिएको छ । तर सरकारले यसको नियन्त्रणका लागि ठोस कदम अझै चालेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार