१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार १०:२८


वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो । अस्पतालका चिकित्सक डा. नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो । वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘फुल अक्सिजन दिएर आईसीयूमा राखेका थियौं, १२ बजेतिर बढी गाह्रो हुन थाल्यो’ डा. अलीले भने ‘सीपीआर गर्नेदेखि लिएर गम्भीर अवस्थाबाट बाहिर ल्याउन एक घण्टासम्म कोशिस गर्‍यौं । तर बचाउन सकिएन ।’ योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५९ जनामध्ये पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

२९ भदौ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आज बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका– बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ । निजहरुलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गर्ने जानकारी प्रहरीले दिएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता