२६ माघ २०७९, बिहीबार
समाचार

प्रचण्डका नाममा एउटा पाठकको चिठ्ठी

प्रकाशित मिति :  ८ आश्विन २०७६, बुधबार २१:११


श्रीमान्,
मुलुकमा विद्यमान सङ्कटलाई कसैले ‘बाँदरको घाउ’ बनाए भने कसैले ‘मगन्तेको घाउ’ बनाए । आमजनता मुलुकको यो ‘घाउ’बाट पूर्णमुक्तिको पुकारा गरिरहेका छन् । आफ्नो घाउ देखाएर आर्जन गर्ने भिखारी प्रवृत्ति र एकातिरको सानो घाउलाई चलाएर वा गिजोलेर शरीरभरि फैलाउने बाँदर प्रवृत्तिले वर्तमान ‘गणतन्त्र नेपाल’ को सत्तामुखी राजनीतिमा दबदबा मच्चाइरहेका छन् ।

यस्तो प्रवृत्तिबाट मुक्ति पाउने उपचार कसैबाट हुननसक्ने यथार्थबोधले निराश बनाएका जनताको तर्फबाट तपाईलाई यो पत्र लेख्दैछु । तपाईहरूले चलाएको सत्ताबाट आशा वा अपेक्षा गरिरहेका छन् । ‘प्रधानशत्रु’ नियुक्त गर्ने र नियुक्त प्रधानशत्रुका विरूद्ध प्रहार थाल्ने तपाईको (पूर्व) माओवादीको कार्यशैलीले यतिखेर तपाईकै भनाईमा अर्को संघर्षको तयारी खोजिरहेको छ, यद्यपि म त्यस्तो संघर्षको किन र कसका बिरुद्ध जरुरी प¥यो, ठम्याउन सकिरहेको छैन ।

राजतन्त्रका पक्षधर, राष्ट्रको पहिचानसँग आबद्ध रहेका परम्परागत शक्तिहरू, राष्ट्रियतामा प्रजातन्त्र र प्रजातन्त्रमा राष्ट्रियता खोज्ने राष्ट्रवादी शक्तिहरू तपाईको ठम्याइमा ‘घरेलु प्रतिक्रियावादीहरू नै वर्तमानका प्रधानशत्रु’ भएका हुनाले तपाईको ‘वर्गशत्रु कित्ता’ मा परेको यो पत्रलेखक तपाईको राजनीतिक चातु¥याईँ र आमूल परिवर्तनका मान्यताबाट केही कुरा बहसमा आओस् भन्ने चाहन्छ ।

तपाई आफैँ पनि नक्कली लडाकूको जाली नामसूची देखाएर २ अर्ब ७५ करोड रुपैयाँ हिनामिनाको अभियोगबाट मुक्त हुनुहुन्न । सत्तारुढ पार्टीको अध्यक्षको नाताले यस्ता काण्डमा तपाईलाई पनि लाभको ठूलो धनराशी नमिलेको होला भन्ने आधार मसँग छैन । अनि तपाई ‘समाजवादतिरको यात्रा’ को कुरा कुन मुखले सुनाउनु हुन्छ ?

जनताले भोगिरहेका कष्टहरू शासकीय छाडापनका कुख्यात वास्तविकता हुन् । तर यी कष्टहरू आजसम्म कुनै पार्टीबाट समाधानका एजेण्डा वा सूची बन्न सकेनन्, बरू जनताका घाउमा नून–चूक दल्ने अरूअरू अपराध मात्र भइरहेका छन् । जनताले पानी खान नपाएको, बजारभाऊ सुपथ मूल्यमा नपाएको, किसान र उपभोक्तालाई ठगेर बीचमा अनुचित लाभ लिने शोषकतत्वलाई ठेगान नलगाएको, घुसखोरी, कमिशनखोरीजस्ता कुशासनका रूपलाई समाप्त पार्न वा दुर्गन्धित बनेको शहरको फोहोर उठाउन कुनै परिवर्तन वा नयाँ सत्तालाई पर्खिनु पर्दैन थियो । तर पार्टीहरूबाट भएन ।

पार्टीहरूबाट नभएको मात्र होइन सारा विकृतिको सर्वोच्च संरक्षक वा प्रश्रयकर्ता तपाई पनि एक हुनुहुन्छ । अपराधीहरूलाई पालैपालो उन्मुक्ति दिएर पार्टीमा भित्र्याईरहनु भएको छ । पछिल्लो समयमा आएर तपाईलाई टीकापुर काण्डमा जेल सजाय भुक्तानी गरिरहेका रेशम चौधरी चाहियो । भोली बालकृष्ण ढुङ्गेल चाहिने होला । ३३ किलो सूनका चोर व्यापारी, एनसेलको ३९ अर्ब कर मिनाह, बुढीगण्डकी चिनियाँ कम्पनीलाई बिना प्रतिष्पर्धा जिम्मा लगाउने काम, वाईड बडी विमान खरिदमा भएको साढे चार अर्ब रुपैयाँको भ्रष्टाचार यस्ता अनगिन्ती अर्बौँका काण्ड भइसके ।

तपाई आफैँ पनि नक्कली लडाकूको जाली नामसूची देखाएर २ अर्ब ७५ करोड रुपैयाँ हिनामिनाको अभियोगबाट मुक्त हुनुहुन्न । सत्तारुढ पार्टीको अध्यक्षको नाताले यस्ता काण्डमा तपाईलाई पनि लाभको ठूलो धनराशी नमिलेको होला भन्ने आधार मसँग छैन । अनि तपाई ‘समाजवादतिरको यात्रा’ को कुरा कुन मुखले सुनाउनु हुन्छ ?

‘संसदवादी’ पार्टीलाई त यस्ता कुराले पोलेनछ, तर ‘संसदवादी’ पार्टी’ ठीक भएनन् भन्दै ‘नयाँ नेपाल बनाउने’ अठोट लिएर खुला र लोकतान्त्रिक राजनीतिमा हर्ताकर्ता भएर आएका तपाईहरू पनि त्योभन्दा गएगुज्रेको हुनु थप धिक्कारको विषय भएको छ । तै पनि यस्तो फोहोरी राजनीतिको दुर्गन्धित किचडका बाबजुद अन्तिम अवस्थासम्म आशा नमार्ने नेपाली जनताको मानसिकताले त्यही किचडमा सुन्दर कमल फुलेको हेर्न खोजिरहेकै छ ।

शहरी इलाकामा पानीको सँधै हाहाकार छ, तर रक्सीको हाहाकार कहिल्यै सुनिएको छैन । त्यसमाथि तपाईकै बुहारीले सम्हालेको मेलम्ची खानेपानी आयोजना उनकै कारणले अनिश्चित भविष्य तर्फ धकेलिएको छ । तपाईकै कोटाबाट मन्त्री बनाइएको र तपाईकै माओवादी सहयोद्धा मन्त्री मातृका यादव बजारमा ब्यापारी, दलाल वा बिचौलिया र कालोबजारियाहरूलाई छाडा छोडिदिएर मालामाल बनिरहेका छन् ।

रामबहादुर थापा ‘बादल’, वर्षमान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल जस्ता मन्त्रीहरूको के औचित्य छ, जो कताबाट सोहोरेर थुपार्न पाइन्छ भन्नेमात्र ध्याउन्नमा छन् । ‘संसदवादी’ पार्टीलाई त यस्ता कुराले पोलेनछ, तर ‘संसदवादी’ पार्टी’ ठीक भएनन् भन्दै ‘नयाँ नेपाल बनाउने’ अठोट लिएर खुला र लोकतान्त्रिक राजनीतिमा हर्ताकर्ता भएर आएका तपाईहरू पनि त्योभन्दा गएगुज्रेको हुनु थप धिक्कारको विषय भएको छ । तै पनि यस्तो फोहोरी राजनीतिको दुर्गन्धित किचडका बाबजुद अन्तिम अवस्थासम्म आशा नमार्ने नेपाली जनताको मानसिकताले त्यही किचडमा सुन्दर कमल फुलेको हेर्न खोजिरहेकै छ ।

आज सबै पार्टीहरू आ–आफ्नै आन्तरिक कलहले पीडित छन् । त्यो कलह जनहित र राष्ट्रहितका लागि भएको होइन, कोतपर्व आउनुअघिजस्तो दरवारमा लोभ र पापबाट निर्देशित केवल सत्तासंघर्षको पुनरावृत्ति हो । राजतन्त्र फाल्न भएको तपाईहरूको सहमति गणतन्त्र चलाउन नसकेर लज्जास्पद र निर्लज्जताको विवाद देखाइरहेको छ । तपाईहरू विदेशीको तावेदारीमा लाग्नुभएको यथार्थले नै प्रमाणित गर्दैन र, तपाईहरूको ‘गणतन्त्र’ कति पराधीन, कमजोर र औचित्यहिन छ ?

सत्तारुढ नेकपाभित्र आज चलिरहेको विवाद, शक्ति–संघर्ष र सैद्धान्तिक विचलन भयावह र बेवारिश छोडिएको रुपमा देखिन्छ । यही नीतिगत र व्यवहारिक कचिङ्गलमा मुलुकका सबै जरुरी एजेण्डाहरू ओझेलमै हराए । लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने, ‘जनविद्रोह’बाट उफ्रेर ‘जनगणतन्त्र’ मा पुग्ने, साविकको राज्य संरचनालाई भताभुङ्ग बनाएर संघीयता लागु गर्ने जस्ता विध्वंसका एजेण्डामा ‘जनता’ को जलप हालेर कहिलेसम्म जनतालाई अल्मल्याइरहने ? उनीहरूका विवशता र निरिहताबाट अनुचित लाभ उठाउँदै यस्तै ‘जनताको राजनीति’ गरिरहने ? मुलुक र जनतासँग राजनीतिले गरिरहेको यो क्रुर खेलवाडको विसर्जन कहाँ पुगेर अन्त्य हुने ?

तपाई पूर्वमाओवादीहरूभित्र ‘बन्दुके प्रवृत्ति’ र ‘कलम प्रवृत्ति’ को द्वन्द्वमा तपाई निकै अल्पमतमा हुनुहुन्छ, तर पार्टीबाहिर आमजनताको स्वतन्त्र विवेक तथा चेतनामा तपाईहरूलाई हिजो मिलेको आशा र आकर्षण आज निराशा र आक्रोसमा अनुवाद भएको छ । फेरि संघर्षको नारा दिएर जनतालाई हिँसाको त्रासमा बसिभूत बनाउने धृष्टताको कुनै तर्कले पनि औचित्य स्थापित हुँदैन ।

किनकि जुनसुकै गुलाबी तर्क दिइयोस् संघर्षका नाममा हिंसा स्वागतयोग्य हुँदैन र शान्तिलाई जतिसुकै दुत्कारे पनि त्यसको औचित्य सकिँदैन । के नेकपाभित्रको माओवादीको रूपान्तरण तपाईबाट सम्भव छ ? लोभी, पापी, भ्रष्ट, अपराधी, स्वार्थी र मूर्खको बोलवाला भएको तथाकथित ‘राजनीति’मा तपाईहरू तिनै अपराधीका अभिभावक र पर्दा पछाडिका साझेदार भइरहेको हामी जनताले कहिलेसम्म अनभूति गर्दै मूकदर्शक भएर टुलुटुलु हेरिरहनु पर्ने ? जवाफ आओस् । शुभकामना ।

गोविन्द खत्री,सुर्खेत ।


13
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा