१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

जिप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार १२:२०


प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

१० असोज, सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस्तै दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन र ३७ वर्षीय तिलक पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

हरेक शुक्रबार कपुरकोटमा तरकारी हाटबजार लाग्ने र हाटबजारमा तरकारी ल्याउँदै गर्दा जिप दुर्घटना भएको हो । पानी परेका कारण बाटो चिप्लो भएकाले अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप चालक र सहचालकलाई प्रहरी नियन्त्रण राखिएको इलका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता