फ्रान्सेली रसायन कारखानामा बिस्फोट
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १९:२८:७
१० असोज, फ्रान्स । फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो ।
लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २.३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो । यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको स्वामित्वमा रहेको छ ।
आगलागीका कारण कारखानामा कार्यरत कोही पनि कर्मचारी घाइते नभएको अग्निनियन्त्रकहरुले जनाएका छन् । कारखानाबाट निस्केको धुँवा झण्डै २२ किलोमिटर टाढासम्म फैलिएको थियो ।
अग्निनियन्त्रक विभागका प्रवक्ता क्रिस चिसलार्डले कारखानाको मुख्य आगो नियन्त्रणमा आए पनि अझै कारखाना वरपर नमिठो दुर्गन्ध फैलिइरहेको बताए । आगो निभाउन २०० भन्दा बढी अग्निनियन्त्रकहरु खटाइएको थियो । यो कारखाना नगर क्षेत्रबाट नजिकै रहेकाले पनि त्यसको असर नगरबासीमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।
लुब्रिजोल कम्पनीले आगलागीबाट उद्योगको गोदामघर, प्रशासनिक भवन समेत पूर्ण रुपमा जलेको जनाएको छ । आगलागीको कारण भने अझै खुलेको छैन ।
कम्पनीले नगरबासीलाई फलफूल वा तरकारीलाई राम्रोसँग पखालेर मात्र खान अनुरोध गरेको छ । फ्रान्सेली अभियोजनकर्ताहरुले कारखानाको आगलागीका बारेमा अनुसन्धान शुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
साउन १२, २०८१ शनिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार