विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार १६:२८:४७
१२ असोज, बेझाड । गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएको छ ।
मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेको हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउको ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको शुरु गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।
दिवङ्गत व्यक्तिको घरमा जाँदा फलफूलहरु बिग्रिएर खेर गएको देखिएकाले टोल विकास समितिमार्फत आएको सुझावको आधारमा कार्यक्रम ल्याएको उनले बताए ।
परम्पराको संरक्षणसँगै नयाँ युगको शुरुआतका लागि कार्यप्रारम्भ गरिएको छ । १४ टोल सुधार समिति रहेकामा वडाले अहिलेलाई छ भेटिपेटिका निर्माण गरेको छ । भेटिपेटिका वडा कार्यालयमा नै रहने र जुन घरमा दुःख पर्छ सोही स्थानमा टोल विकास संस्थामार्फत परिचालन गरिनेछ वडासचिव गीता पौडेल बताउछन् ।
यस कार्यको थालनी वडा र नगरमा मात्र सीमित नगरी देशव्यापी रुपमा भएको खण्डमा सामाजिक संस्कारमा गरिने फजुल खर्च सही ठाउँमा सदुपयोग हुने स्थानीय दोवराज तिवारी बताउछन् । आर्थिक अभावमा उपचार गर्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ ।
यस कार्यले थोरै भए पनि उपचारमा केही सहयोग पुग्नेछ । पछिल्लो समय काजकिरिया खर्चवापतको रकम कटौती गरेर सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार