१३ माघ २०७९, शुक्रबार
बैंकिङ बजार

आज नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रेजरी बिल जारी गर्दै

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १२:१०


१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैंकमार्फत ९१ दिन र १८२ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज ‘सोमबार’ अपराह्न ३ बजे बोलकबोल हुने बै.कले जानकारी दिएको छ । केन्द्रीय बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँको बिल जारी गर्नेछ ।

यो ट्रेजरी २०७६ साल पुस १५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि जारी हुने ३ अर्ब रुपैयाँको ट्रेजरी २०७६ चैत १८ गते परिपक्क हुनेछ । सरकारले पछिल्लो समय आन्तरिक स्रोत जुटाउन ऋणपत्र जारी गर्ने क्रमलाई तीब्रता दिएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ‘बढीमा एक वर्ष’ स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा