२६ माघ २०७९, बिहीबार
खेलकुद

जिम्बावेसँग पुनः नेपाल पराजित

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार ०६:११


जिम्बावेसँग पुनः नेपाल पराजित

१५ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ ।

गएराती भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो । योसँगै नेपाल जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ । सिरिज अन्तर्गत नै शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

ईन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन जोड्दा आरिफ शेखले २५ रन बनाए । यस्तै करण केसीले १८ रन जोडे । अघिल्ला खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट भए । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जिम्बावेका सेन विलियम्सले ३ तथा टिनोटेण्डा मुटोमबोड्जीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।

यस्तै जिम्बावेका रायन ब्रुलले अविजित २८ तथा पिटर मुरले २१ रन बनाए । टिनोटेण्डा मुटोमबोड्जीले २० रन जोडे ।सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखेका थिए । नेपालका सन्दीप र सोमपालले समान २ विकेट लिए । पारस खड्काले एक विकेट हात पारे ।

यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ ।३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । हारसँगै नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समेत न्यून भएको छ ।

अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहिबार सिंगापुरको सामना गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा