१६ असोज, काठमाडौं । मनसुनी गतिविधि अझै पनि निष्क्रिय नभएकाले मौसम बदली तथा क्षणिक वर्षाको सम्भावना दसैँको अवधिमा पनि रहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जनजीवन नै प्रभावित हुने गरी पानी पर्ने वा मौसम खराब हुने सम्भावना भने नरहेको छ ।
मौसमविदका अनुसार , ‘यो वर्ष मनसुन सामान्य भन्दा १० दिन ढिला गरी सुरु भएको थियो र बाहिरिने समय पनि पछ धकेलिएको छ । अहिले पनि मनसुनी गतिविधि निष्क्रिय छैन । आकाशमा देखिएको बादल मनसुनी प्रणालीकै हो ।’ यो वर्षको दसैँको अवधिमा टन्टलापूर घाम नलागे पनि लगातारको झरी पनि नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिने गर्छ, तर यो वर्ष ढिला गरी प्रवेश गरेकाले बाहिरिन पनि ढिला नै भएको मौसमविले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज १६ गते (बिहिबार )
दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
असोज १७ गते (शुक्रबार )
दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।
असोज १८ गते (शनिबार )
दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |