इङ्ल््यान्डको नयाँ प्रशिक्षकमा क्रिस सिल्भरउड नियुक्त
Advertisement

२१ असोज, लन्डन । इङ्ल््यान्ड क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त भएका थिए । गत महिना आफ्नो करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजिनामा दिए ।

क्रिसले विगत दुई वर्षदेखि बेलिसको नेतृत्वमा इङ्ल््यान्ड टिमको तीब्रगतिको बलिङसम्बन्धी प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । सिल्भरउडको नेतृत्वमा इङ्ल्यान्डले पहिलो प्रतियोगिता न्यूजिल्यान्डसँग हुनेछ । न्यूजिल््यान्डमा आगामी नोभेम्बरमा हुने यस शृङ्खलामा टी–२० को पाँच खेल र दुई वटा टेस्ट हुनेछन् ।

इङ्ल््यान्ड टिमको प्रशिक्षकका लागि पूर्वभारतीय तथा दक्षिण अफ्रिकी प्रशिक्षक ग्यारी कस्र्टन र सरेका क्रिकेट निर्देशक अलेक स्टेवार्ट पनि प्रतिस्पर्धामा थिए । तर अस्ट्रेलियाली बेलिसले इङ्ल््यान्ड टिमको प्रशिक्षक बन्ने मौका पाएका छन् ।

Advertisement

इङ्ल््यान्ड क्रिकेट टिमका व्यवस्थापन निर्देशक आस्ले जाइल्सले इङ्ल््यान्डको टिमलाई अघि बढाउन बेलिसको नियुक्ति निकै महत्वपूर्ण रहेको बताए । उनले इङ्ल््यान्डको टेस्ट टिमका कप्तान जो रुट र एकदिवसीय एवम् टी–२० टिमका कप्तान इओन मोर्गनसँग बेलिसको सम्बन्ध अत्यन्त घनिष्ट रहेकाले पनि इङ्ल््यान्ड टिममा मनोबल उच्च बनेको प्रतिक्रिया दिए ।

नवनियुक्त प्रशिक्षक सिल्भरउडले नयाँ कार्यभार सम्हाल्न आफू उत्साहित रहेको बताए । इङ्ल््यान्ड टिममा प्रतिभाशाली खेलाडी रहेका र त्यसलाई अझ समुन्नत बनाउन सकिने पनि उनले बताए ।

इङ्ल््यान्डले गत जुलाईमा पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेर इतिहास बनाएको थियो तर अस्ट्रेलियासँगको पछिल्लो टेस्टमा २–२ को बराबरी खेल्न बाध्य भएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्