बालश्रमका घटनामा कमी
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १५:१:३५
२५ असोज काठमाडौं । पछिल्लो समयमा बालश्रममा प्रयोग गर्ने प्रवृृत्ति कम हुँदै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५/०७६ मा बालश्रमसम्बन्धी विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बालश्रमका घटनामा कमी आएको देखाएको छ ।
परिषद्का अनुसार आव २०७५/०७६ मा बालश्रमसम्बन्धी ११२ घटना प्रकाशनमा आएका छन् । आव २०७४/०७५ मा ३८४ बालश्रमसम्बन्धी घटना भएका थिए ।
बालश्रम ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नहुने व्यवस्था छ । आव २०७५/०७६ मा सबैभन्दा बढी दोस्रो चौमासिकमा ५८, तेस्रोमा ३४ र पहिलो चौमासिकमा २० बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ ।
श्रममा प्रयोग गरेको प्रकृति हेर्दा घरेलु तथा होटल श्रमिकमा बढी ४५ छ । इँटा उद्योगमा २६ प्रतिशत, भारतमा काम गर्ने १२, पढाइ खर्च जुटाउन विभिन्न काम गर्ने १२, जसमा राजमार्गमा लालीगुराँसको फूल र काफल बेच्ने, डुङ्गा चलाउने, भारी बोक्नेलगायत छन् ।
लागुऔषध ओसारपसारमा छ, पर्यटक घोडामा घुमाउने, डुङ्गामा चालकको रुपमा तथा विवाहलगायत शुभ कार्यमा बाजा बजाउने पाँच र यातायातमा तीन बालबालिका सङ्लग्न रहेको पाइएको छ ।
बालश्रममा प्रयोग गरिएका बालबालिकालाई लैङ्गिकरुपमा विश्लेषण गर्दा बालक ९१ र बालिका २१ रहेका छन् । उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दामुनिका नौ, ११ देखि १४ वर्षको ४३ र १५ देखि १८ वर्षको ६० रहेको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।
पछिल्लो समयमा बालबालिकालाई विभिन्न बहाना बनाई समाजमा हत्या गर्ने प्रचलन बढ्दै गएको छ । सो अवधिमा बालबालिका हत्याका ६५ घटना सार्वजनिक भएकोमा सबैभन्दा बढी पहिलो चौमासिकमा २४ घटना भएका छन् । तेस्रो चौमासिकमा २३ र दोस्रो चौमासिकमा १८ बालबालिकाको हत्या भएको छ ।
हत्या भएका बालबालिकामध्ये घरायसी कलहका कारण २७, अवैध सम्बन्धका कारण जन्मिएका २० र सौतेनी आमा वा बाबुले गरेको हत्या १३ छन् ।
हत्या भएका बालबालिकालाई लैङ्गिकरुपमा हेर्दा बालक २५, बालिका २६ र शिशु १४ गरी ६५ जनाको हत्या भएको देखिन्छ । उमेरगत समूहलाई हेर्दा शिशुदेखि पाँच वर्ष २३, ६ देखि १० वर्ष ३१ र ११ देखि १८ वर्ष ११ बालबालिकाको हत्या भएको देखिन्छ ।
विद्यालय तथा माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको प्रवक्ता चन्दको भनाइ थियो ।
सो अवधिमा विभिन्न सञ्चारमाध्यममा ३७ शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । सो अवधिमा २१ बालिका र छ बालबालिकाले आत्महत्या गरेका छन् ।
सो अवधिमा १२ बालबालिकाको अपहरण भएकोमा पाँचको हत्या भएको थियो भने पाँचको अपहरणपछि सकुशल उद्धार, संरक्षण गरिएको थियो । दुई जनाको अवस्था जानकारीमा आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नुहँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
कालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार