कलैया सिटी जेसिजद्धारा नेतृत्व विकास सम्बन्धि तालिम
Advertisement

२५ असोज, कलैया । कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन नेतृत्व विकास तथा जेसीज परिचय सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ ।

उक्त तालिमको उद्घाटन कलैया उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेश महतोको प्रमुख आतिथ्य एव कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

उक्त तालिममा कलैया उपमहानगरपालिकाका युवा विद्यार्थी तथा जेसीज पदाधिकारी, सदस्य र शुभचिन्तकहरु लगायत ७० जनाको सहभागिता रहेको थियो । मुख्य प्रशिक्षक सौराहा जेसीज वर्ष २०१९का अध्यक्ष जेसी शिव प्रसाद भुषाल एवं कलैया सिटी जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी गंगासागर कुशवाहाले प्रशिक्षण दिएका थिए ।

उक्त तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक र प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कलैया सिटि जेसिजका संस्थापक उपाध्यक्ष अनिल कुशवाहा, नि।वर्तमान अध्यक्ष धनीलाल साह सोनार, सौराहा जेसीजका कोषाध्यक्ष जेसी मथुरा चौधरी महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, कार्यकारीणी उपाध्यक्ष जेसी संदिप बरै उपाध्यक्ष जेसी दिवाकर प्रसाद कलवार, कोषवृद्धी संयोजक पवन कुशवाहा, जेसी उमेश साह गोढ, जेसी बैजु दास, जेसी संदिप साह, जेसी रोशन सहनी लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो । तालिम संयोजक जेसी ओमप्रकाश गिरी रहेका एव कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ता गरेको मिडिया संयोजक जेसी राजकुमार गिरी विजयले बताए ।

Advertisement
अघिल्लो लेखप्रहरी बुलेटिन : कहाँ-के भयो ? [थाहा पाउनुस]
अर्को लेखचिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण शुरु
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्