भौतिक पूर्वाधारका कारण मजारमा शौचालय अभाव
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १७:०:९
१ कात्तिक बाँके । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् ।
मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ ।
यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ किलोमिटर पूर्वमा रहेको मजारमा नेपाली मात्र होइनन् भारतीय हिन्दू र इस्लाम धर्मावलम्बीसमेत पूजापाठ गर्न आउने गरेका छन् ।
पुजारी मोहम्मद शौचालय नहुँदा भक्तजन र पुजारी नजिकको जङ्गलमा शौच गर्दै आएको बताउछन् । उनले सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने आश्वासन दिए पनि काम नभएको बताए । मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँसमेत छैन । “पानी पर्नासाथ रुखको ओत लाग्नु पर्छ”, उनले भने, “मजारमा पिउने पानीको पनि समस्या छ ।”
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत भएपछि मजारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष रु २५ लाख बजेट उपलब्ध गराएको थियो । सो रकम पर्याप्त नभएको पुजारी मोहम्मदले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार