प्रहरी बुलेटिन : खैरो हिरोइनसहित दुई पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ मंगलबार १:४४:१९
४ कार्तिक काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई आज काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो ।ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा छोराले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
“बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उनले भने । उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ ।
सवारी दुर्घटना मुद्दाका फरार व्यक्ति जेल चलान
नेपाल प्रहरीले सवारी दुर्घटनाबाट अङ्गभङ्ग मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुनसरीमा सवारी दुर्घटना गरेर फरार पिकअफ भ्यान सवारीका धनी तथा चालक ३३ वर्षीय अशोक कार्कीलाई आइतबार पक्राउ गरी आज जेल चलान गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुनसरी जिल्ला अदालतको फैसलाअनुसार पाँच वर्ष कैद सजाय र रु पाँच हजार जरिवानापछि फरार कार्कीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए । कार्कीले बा १ च ८६१० नं को पिकअफ भ्यान चलाएका थिए । पक्राउ कार्कीलाई आज काठमाडौँ जिल्ला अदालतमार्फत जेल सजायका लागि सुन्धारा जेल पठाइएको ब्यूरोले जनाएको छ ।
पाँच किलो चरेससहित महिला पक्राउ
रुकुमपूर्वबाट प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।
सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
अवैध चाँदीसहित दुई भारतीय पक्राउ
अमरगढीमा प्रहरीले अवैध रुपमा चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । आज डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा भारतको पलिया घर भएका ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीय सुवोद बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुले अवैध रुपमा चाँदीका पाउजु झोलामा राखेर बिक्री गर्न लागेको सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट ९३८ ग्राम चाँदी बरामद गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
बरामद गरिएको चाँदी आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
बसबाट यात्रुको नगद चोर्ने पक्राउ
भद्रपुरमा बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का ९सार्की० को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।
चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
खैरो हिरोइनसहित दुई पक्राउ
विराटनगर महानगरपालिका–१५ भन्सारको १ नं ढाँटबाट खैरो हिरोइनसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको बेलबारी नगरपालिका–६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई कट्टुमा लुकाई ल्याएको अवस्थामा पाँच ग्राम २५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार खिउँले जानकारी दिए।
यसैगरी प्रहरीले मोरङको सुन्दरहरैचा–७ अटल क्रेसर अगाडिबाट सोही स्थान बस्ने २८ वर्षीय सरोज गिरीलाई जाँच गर्दा अन्दाजी दुई ग्राम खैरो हिरोइनसहित आइतबार साँझ पक्राउ गरको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार