निगमले लिलाम गर्न लाग्यो अन्तिम बोइङ
नेपालबहस संवाददाता
कात्तिक १०, २०७६ आइतबार २१:५४:३६
१० कात्तिक,काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले दुईटामध्ये एउटा १२३ यात्रु क्षमताको बोइङ जेट गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टको बीबी एयरवेजलाई २ वर्षअघि बेचेपछि दोस्रो ३२ वर्ष पुरानो १९० यात्रु क्षमताको बोईङ ७५७ जेट बिक्री गर्ने प्रक्रियामा लागेको छ ।
यसका लागि दुईटा इच्छुक क्रेता पार्टी तयार भएका छन्, एउटा एबीएन नामक इजरायली र अर्को नाम नखुलेको पार्टी । ‘कर्णाली’ नामको उक्त जेट गत जेठमै लिलामका लागि ४५ दिने म्यादसहितको सूचना जारी गरिएको थियो । तर एउटै पनि क्रय प्रस्ताव नआएपछि करिब २ हप्ताअघि पुनः अर्को लिलाम सूचना जारी गरियो ।
गत फेब्रुअरीदेखि यता ९ महिना सो जेट थला परिरहेको (ग्राउन्डेड) छ । पार्किङ कर बढिरहेको छ, दैनिक ५ सय अमेरिकी डलरको दरले । यस हिसाबले आजसम्म उक्त विमानको पार्किङ शुल्कमात्र लगभग डेढकरोड रुपैयाँ पुगेको छ । तर निगमले आजसम्म ग्राहक जुटाउन सकेको छैन । सिङ्गो जेट नकिनेर स्पेयर पार्टपुर्जा मात्र किन्नेतिर, आएका क्रेताहरू रुचि देखाउँछन् । निगम भने सिङ्गो विमान बेच्ने पक्षमा छ ।
निगमले उक्त विमान र त्यसका सम्पूर्ण पार्टपुर्जाको न्यूनतम मूल्य ७८ लाख डलर (करिब १ अर्ब रुपैयाँ) राखेको छ । यस हिसाबले विमानको मात्र मूल्य करिब ६० करोड रुपैयाँ पर्ने देखिन्छ । अघिल्लो जेट (कर्णाली) लाई निगमले केवल २० करोड रुपैयाँमा बेचेको थियो । यो विमान अझै उडाउन उपयोगी रहेकोले मूल्य बढी राखिएको निगमले जनाएको छ ।
बोइङ कम्पनीले यस्तो ढाँचाको जेट विमानको उत्पादन १९८१ देखि २००४ सम्म चालु राखेको थियो । हाल यस्तो विमानको उत्पादन बन्द गरिएको छ । एयरबसको भन्दा दोब्बर बढी इन्धन खाने र मर्मत सम्भार खर्च पनि त्यस्तै महँगो पर्ने कारण देखाएर निगमले बोइङलाई बाईबाई गर्ने भएको छ । तर नयाँ विमान किन्दा भ्रष्टाचार र आफ्नो विमान बेच्नमा नालायकी देखाइरहेको निगम भ्रष्टाचार र नालायकीको प्रतीक बनेर सन्देश दिइरहेको छ ।
यो अन्तिम बोइङ बिमान पनि लिलाम भएपछि निगमसँग दुईटा वाइडबडी र दुईटा न्यारो बडीका ४ वटा एयरबस, ३ टुवीनटर, ६ वटा ठूलासाना यात्रु क्षमताका चिनियाँ प्लेन गरी जम्मा १३ वटा बिमान बाँकी रहने छन् । तीमध्ये पनि ६ वटा प्लेन निगमले चलाउन नसकेर घाँडो भइरहेका छन् । आन्तरिक उडानका लागि निगमले ६ वटा नयाँ टुवीनटर बिमान थप्न लक्ष्यमा रहेको बताइन्छ ।
६१ वर्षको इतिहास र अनुभव बोकेको नेपाल वायुसेवा निगम एशियाको पुरानो नागरिक उड्डयन कम्पनी भए तापनि आजसम्म यो घिसिपिटी चलिरहेको छ ।
नयाँ उडान : ३ नयाँ एयरलाईन्स थप
कात्तिक १० गते आईतबारदेखि काठमाडौँ–बेइजिङ साढेपाँच घन्टाको सिधा उडान थपिएको छ । बेइजिङमा हालै सञ्चालनमा आएको विश्वकै दोस्रो ठूलो (९८ वटा स्टेडियम बराबरको क्षेत्रफल भएको) विमानस्थल दाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म काठमाडौंबाट पहिलो सिधा उडान सम्पर्क कायम हुनेछ । हाल हप्तामा २ पटक उडान हुने यस रुटमा निकट भविष्यमै हप्ताको ३ उडान हुनेछ । हिमालयन एयरलाईन्सले चलाउने यो व्यावसायिक उडानको सन्दर्भमा नेपाल वायुसेवालाई इन्तुचिन्तु केही मतलब छैन । ऊ ४ वटा एयरबसको लागि लाभप्रद रुट खोजिरहेको छ । काठमाडौं–ओशाका उडान पनि निगमको भरोसाहिनताले गर्दा घाटामा चलिरहेको छ ।
हाल चीनका ५ एयरलाइन्सहरूले नेपालमा आफ्नो उडान चलाईरहेका छन् । नेपाल र चीनका बीच साविकको ७० वटा उडानको सट्टा हप्तामा ९८ वटा उडान गर्ने नयाँ हवाई सम्झौता भएको छ । तर यस सम्झौताबाट लाभ लिने रणनीति निगमले बनाउन सकेको छैन । काठमाडौँ दिल्लीको उडानका लागि भारतका दुईटा कम्पनी ‘विस्तारा’ र किफायती खर्चमा उडान गराउने कम्पनी स्पाईस जेटले निकट भविष्यमै आफ्ना उडान चलाउने भइसकेका छन् ।
दुई महिनाअघि जेट एयर टाट उल्टेपछि ४० प्रतिशत बिजनेश खाली भएको ठाउँमा यी दुई उडान कम्पनीले खालीठाउँ पूर्ति गर्दैछन् । यतातिर पनि निगमले कुनै फुर्तीफार्ती देखाउन सकेको छैन । निकट भविष्यमै अल जजीरा एयरवेज नामक पनि थपिँदैछ । तर निगम भने आफ्नै बदनियतको बन्दी भएर खुम्चिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार