कर्णालीमा १५ नयाँ कुष्ठरोगी फेला
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शनिबार ५:४२:४
२३ कार्तिक वीरेन्द्रनगर । कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा बढी हो । कुष्ठ रोग निवारणको घोषणा भए पनि कुष्ठ रोगीको सङ्ख्या बर्सेनि फेला परेका छन् ।
सुर्खेतस्थित साइनिङ अस्पतालमा आएका बिरामीमध्ये कर्णाली प्रदेशका १४ र अछाम जिल्लाका एक जना कुष्ठ रोगका नयाँ बिरामी फेला परेका हुन् । “विगतका आर्थिक वर्षभन्दा यो वर्षको शुरूमै कुष्ठ रोगका नयाँ बिरामीको सङ्ख्या केही बढी देखिएको छ”, साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूले भने, “यसले वर्षभरि नै यही दरमा नयाँ बिरामी बढ्छन् भन्ने आकलन चाहिँ होइन ।”
उनका अनुसार अस्पतालको बहिरङ्ग सेवा विभाग (ओपिडी) मा आएका तीन हजार ८६२ छालाका बिरामीमध्ये सबैभन्दा बढी सुर्खेतका ६ जनामा कुष्ठ रोग देखिएको छ । यसैगरी दैलेखका चार, जाजरकोटका दुई र कालीकोटका दुई गरी १४ जना कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका एक जनामा यसको सङ्क्रमण देखिएको छ ।
गत आवमा ५६ जना नयाँ बिरामी देखा परेकोमा १० जनामा सर्ने खालका रोग भेटिएको उनले जानकारी दिए । अहिलेकै दरमा पछिल्ला चैमासिकमा समेत बिरामीको सङ्ख्या भेटिने हो भने यो आवमा कर्णाली प्रदेशमा कुष्ठ रोगीको सङ्ख्या बढ्ने निश्चित भएको उनको भनाइ छ ।
विगतको तुलनामा बढी देखिए पनि खासै आत्तिनुपर्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षय÷कुष्ठ रोग अधिकृत पदम केसीले जानकारी दिए ।
कर्णालीका दूरदराजमा पुरातनवादी सोचका कारण अझै रोगलाई लुकाएर बस्ने चलन कायमै रहेको केसीको भनाइ थियो । सरकारी तथ्याङ्कमा कर्णालीका १० वटै जिल्लामा कुष्ठ रोगको अवस्था स्थिर रहेको उनको भनाइ थियो । “हाम्रो प्रदेशमा कुष्ठ रोगीको अवस्था बढेको पनि छैन, उल्लेख्यरूपमा घटेको पनि छैन”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार