टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डलाई
Advertisement

२४ कार्तिक एजेन्सी । इंग्ल्याण्डले घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।आइतबार भएको पाँचौं तथा अन्तिम टी-ट्वान्टीलाई न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले सिरिज ३-१ ले जितेको हो ।

अकल्याण्डमा वर्षाले प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १ विकेट गुमाएर ८ रन बनायो । सुपर ओभर अघि इंग्ल्याण्डका जोनी बेयर्स्टोले सर्वाधिक ४७ रन बनाए ।

Advertisement

यस्तै साम करणले २४ तथा कप्तान इयान मोर्गनले १७ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्टाननर र जेम्स निशमले समान २ – २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले ४६ रन बनाए । टिम सिफार्टले ३९ रन बनाए । इंग्ल्याण्डका साम करण, टम करण, आदील राशिद र शकिब ममुदले समान १र१ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो र चौंथो टी-ट्वान्टी इंग्ल्याण्डले जितेको थियो । यस्तै दोस्रो र तेस्रो टी-ट्वान्टी भने न्युजिल्याण्डले जितेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्