जापानी राजदम्पत्ती
Advertisement

२४ कार्तिक, काठमाडौं । सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आयाेजित राजकीय जुलुस गतमहिना आँधीका कारण स्थगित भएकोमा आइतबार सम्पन्न भएको छ ।

गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राजपरम्परा अनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पत्तीको निवासमा पुगी सम्पन्न भएको हो ।

आइतबारको कार्यक्रममा हजारौं नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गरेका दृष्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो ।

Advertisement

समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलागायतका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो । शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए ।

राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पत्तीलाई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसकेपनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।

शनिबार राति राजदरबारमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बीस हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा छब्बीस हजार दर्शक सहभागी भएका थिए । एजेन्सी

र याे पनि …जापानका सम्राट आकिहितोले आज गद्दी त्याग्दै

Advertisement
Previous articleआलम पक्राउ प्रकरणमा प्रहरीभित्र जस लिने होडबाजी !
Next articleदेशभर विभिन्न कार्यक्रम आयोजना गर्दै “लौहपुरुष” सिंहको सम्झना

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here