फिफा विश्वकप : नेपाल र कुवेतबीचको खेल भूटानमा हुने
Advertisement

२५ कार्तिक, काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ ।  विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो ।

अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियाली फुटबल महासङ्घ ‘एएफसी’ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्िलमिथाङ रङ्गशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ ।

Advertisement

दशरथ रङ्गशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ ।

नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अष्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्