रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिए र्दुइ गुणाबढी रकम
Advertisement

२८ कार्तिक काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दशैंमा आइएमईको डबलको डबल अफर अन्तर्गत सातौँ भएका छन् ।

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युकेस्थित रिया मनि ट्रान्स्सफर मार्फत रु ५०,१३७  नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम रु १००,२७४  जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेका थिए ।

आइएमईले पर्व लक्षित दशैंमा डबलको डबल अफर सार्वजनिक गरेको थियाे । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

Advertisement

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्