सुनको मूल्य प्रतितोला रु ७२ हजार
Symbolic Image
Advertisement

२८ कार्तिक काठमाडौं । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा भारी बृद्धि भएको छ । बुधबार छापावाल सुनको प्रतितोला ७१ हजार चार सयमा कारोबार भएकोमा बिहिबार प्रतितोला ७२ हजार कायम भएको हो । यो मूल्य तोलामै एकै दिन छ सयले बृद्धि भएको हो ।

बिहिबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ७१ हजार चार सय रुपैयामा कारोबार भएको सुनको मूल्य ७२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले जानकारी दिए ।

बिहिबार तेजाबी सुनको मूल्यमा समेत बृद्धि भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ७१ हजार सात सयमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहिबार चाँदीमा प्रतितोला १० रुपैया बढेको छ ।

Advertisement

यसअघि २०७६ भदौ ९ गते सुनले नयाँ मूल्यको रेकर्ड कायम गरेको थियो । त्यतीबेला सुनप्रतितोला ७३ हजार पाँच सयमा कारोबार भएको निर्देशक तुलाधरले जानकारी दिए । बिहिबार कारोबार भएको सुनको मूल्य कात्तिक महिनाकै उच्च हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्