नालापानीमा बलभद्रको सम्झना
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १३:३०:२३
राजेन्द्र विष्ट / रासस
९ मंसिर देहरादून (भारत) । वीर शहीद बलभद्र कुँवरको सम्झनामा विशेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा यहाँ रहेका नेपालीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयोजना गरेका छन् ।
यहाँ रहेका नेपालीले अङ्ग्रेजविरुद्ध युद्ध लडेको सम्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै कार्यक्रम गरिँदैन । गोर्खा डेमोक्रयाट फ्रन्ट देहरादूनका अध्यक्ष सूर्यविक्रम शाहीले बलभद्रका कारण संसारमा नेपाली वीर भनेर चिनिएको बताए । उनले भने, “नालापानीमा जस्तो युद्ध कहीँ भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी युद्धलाई सम्झाउने गरेर कार्यक्रम गर्दछौँ ।”
उनले नालापानीमा मात्रै उपल्लो तहका जनरल जिलेस्पी मारिएको र अङ्ग्रेजले आफ्नो शत्रु गोर्खाली सेनाको सम्मानमा स्मारक बनाएको जानकारी दिए । “अङ्ग्रेजले नालापानी युद्धपछि देहरादूनमा जिलेस्पी र बलभद्रको स्मारक बनाएर ‘वीर दुश्मन’ भन्दै युद्ध कौशलको सम्मान गरेको भेटिन्छ”, उनले भने “स्मारक अहिले देहरादूनमा हेर्न सकिन्छ, भारत सरकारले पनि स्मारक भएका क्षेत्र वरिपरि घेरबार लगाई संरक्षण गरेर राखेको छ ।”
नालापानी युद्धको सम्झनामा आइतबार देहरादूनको खलङ्गाद्वारबाट नालापानी किल्लासम्म झण्डै पाँच सय नेपालीले पदयात्रा गरेका छन् । नालापानीमा सन् १८१४ देखि १८१६ सम्म गोर्खाली र अङ्ग्रेजबीच युद्ध भएको थियो ।
अन्तिम पटक अक्टोबर र नोभेम्बरमा युद्ध भएको थियो । त्यसैले देहरादूनका नेपाली समुदायले नोभेम्बर महिनामा विभिन्न कार्यक्रम गर्ने गर्छन् । आइथतार नै ऐतिहासिक नालापानी युद्धको अवसरमा ४५ औँ पटक खलङ्गा मेला पनि भएको छ ।
मेलामा नालापानी युद्धका बारेमा चर्चा गरिनुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गरिएका छन् । उक्त अवसरमा नेपाली समुदायका विभिन्न परिकार बनाएर विक्री वितरण पनि गरिएको छ ।
देहरादूनमा बसोबास गरेका नेपालीले गोर्खालीले हारेको नभई सुगौली सन्धिले गर्दा युद्ध रोकिएको बताएका छन् । वीर गोर्खा कल्याण समितिका महासचिव विशाल थापाले भन्नुभयो, “नालापानी युद्धका कमाण्डर बलभद्रले नालापानी किल्ला छाड्दा ‘हामीले हारेका छैनौँ, किल्ला छाडेर जान्छौँ’ भन्नुभएको इतिहास छ, बलभद्र सधैँ अङ्ग्रेजसँग लड्नुपर्छ भन्दै पञ्जाबका राजा रणजीत सिंहका तर्फबाट लड्ने क्रममा अफगानिस्तानमा मारिएको भन्ने इतिहास छ ।”
दुई सय वर्ष अघि युद्ध भएको नालापानी क्षेत्रको संरक्षण थालिएको छ । किल्लाको अवशेष नभए पनि नजिकै यहाँका नेपालीको पहलमा खलङ्गा युद्ध स्मारक बनाई नालापानी क्षेत्रको संरक्षण गरिएको छ । नेपाली भाषीहरुको पहलमा झण्डै २५ लाख भारतीय रुपयाँको लागतमा १० वर्ष अघि उक्त स्मारक बनाइएको थियो ।
गोर्खाली सेनाले पूजा गर्ने मन्दिर र अङ्ग्रेजको तोपको गोलाले फुटाएको ठूलो ढुङ्गा अहिले पनि सुरक्षित राखेर संरक्षण गरिएको छ । यसका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । देहरादूनमा झन्डै १० लाख नेपाली भाषीको जनसङ्ख्या रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठान भारतका अध्यक्ष सन्दीप रानाले नालापानी किल्लाको संरक्षण गर्नु यहाँका नेपालीको दायित्व भएको बताए । उनले भने, “सच्चा नेपालीका लागि नालापानी किल्ला तीर्थ हो, वीरहरुको अनुभव मात्र होइन नालापानीमा वीरता झल्किन्छ ।” उनले हरेक नेपालीले एक पटक नालापानीका बारेमा जान्नु अनिवार्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो [ फाेटाेफिचर ]
बैशाख २६, २०८१ बुधबार
मातातीर्थ कुण्डमा स्नान गर्न बिहानै देखि घुइँचो [ फोटोफिचर ]
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार