बहिनीले सनाखत गरेर दिदीलाई नागरिकता
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार २१:०:२५
१५ मंसिर, स्याङ्जा । बहिनीले दिदिको नागरिकतामा सनाखत गरेको कमै सुन्न पाईन्छ । बंशजको आधारमा बुवा, आमा, दाजुभाइले सनाखत गरेर नागरिकता लिएको पाईन्छ । तर यहाँ विवाह भएर गएकी बहिनीले सानाखत गरेर दिदिको नागरिकता दिलाउन सफल भएकी छन् ।
पाँच दिदीबहिनी र एक दाजु रहेका वालिङ ४ की हाईमाया गुरुङ् अहिले ५१ बर्षकी छन् । उनी माहिली छोरी हुन् । सानै उमेरदेखि हिडडुल र बोल्न नसक्ने हाईमायाको अहिलेसम्म पनि नागरिकता बनाउन कसैले ध्यान दिएनन् । बुवा आमा छँदासमेत बन्न नसकेको नागरिकता दाजु विदेश भएका कारण झनै बनाउन मुस्किल भयो । नाता प्रमाणित नखुलेसम्म हाईमायाले नागरिकता पाउने अवस्था नै रहेन ।
विदेशमा भएका दाजु आउन नपाएपछि बल्लतल्ल दिदीबहिनीको नाता प्रमाणित भएपछि हाईमायालाई नागरिकता दिने बाटो खुल्यो । आमाको साहारमा बसेकी हाईमाया आमाको मृत्यु पछि उनी अहिले वालिङ १ रामबाच्छामा रहेको दाजुको घरमा बस्दै आएकी छन् । साहिली बहिनीले उनलाई बुधवार सनाखत गरेर नागरिकता दिलाईदिएकी छन् ।
उनी बोल्न र हिँडडुल गर्न र खानादेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सुविधाबाट बञ्चित भइरहेकी थिइन् । उनको रेखदेख अहिले साहिली बहिनी ज्वाईले गर्दै आएका छन् ।
बुधवार उनकी बहिनी टलमाया गुरुङले इलाका प्रशासन कार्यालय वालिङमा दिदिको अवस्थाबारे जानकारी गराएपछि तत्काल शाखा अधिकृत दामोदर शर्मा र वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी सहित कर्मचारीको टोली उनको घरमा पुगेर उनलाई नागरिकता प्रदान गरिएको छ ।
प्रशासन कार्यालयको टोलीले उनको सनाखतदेखि सबै काम घरमै गराएर नागरिकता दिलाएको थियो । नागरिकता पाएपछि मख्ख देखिएकी हाईमाया नचिनेका व्याक्तिलाई भने कोठामा गएको सहनै नसक्ने व्यवहार रहेछ । बहिनी टलमायाले दिदिले नागरिकता पाएपछि खुशी भएको महशुष लागेको बताईन् ।
उनको नागरिकताका लागि ज्वाईले वडा कार्यालयवाट सिफारिस बनाएर इलाका प्रशासन कार्यालय लगेका थिए । कार्यालयमा उनको अवस्थाको वारेमा जानकारी गराएपछि इलाका प्रशासन कार्यालयवाट अधिकृत सहितको टोली उनी बसिरहेको घरमा पुगेर नागरिकता प्रदान गरेको थियो ।
प्रशासकीय अधिकृत दामोदर शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताए । प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ इलाका प्रमुख शर्माले भने,“ पक्रिया पुगेका व्याक्तिलाई सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं ।” नागरिकताबाट कोही बन्चित हुन नपरोस भन्ने भावनाका साथ जनताको सेवामा लागेको शर्माले भने ।
कार्यालयसम्म आईपुगेको असक्त, बृद्धबृद्धाका लागि छिट्टै सेवा प्रवाह गर्ने काम गरिरहेको पनि शर्माले बताए । नागरिकता प्रदान गर्न पुगेकी वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गरेको बताईन । उपप्रमुख तिवारीले हाईमायाको सामाजिक सुरक्षा भत्ता र अपाङ्ग परिचय पत्रका लागि नगरपालिकामा सम्पर्क गर्न उनकी बहिनीलाई आग्रह गरेकी छन् । उनको अपाङ्ग परिचयपत्र पनि घरमै पुगेर वितरण गर्ने प्रतिवद्धता तिवारीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार